दशैँको शुभ साइत तोकियो, टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७९, आईतवार ०४:२०

यस वर्ष विजयादशमीको साइत १९ असोज बुधबार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हो ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

 

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

१० असोज बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभ साइत

यस वर्ष १० असोज सोमबारदेखि नवरात्रा आरम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको साइत शुभ रहेको छ । ११ असोजमा झण्डा फेर्ने साइत ११ बजेर ११ मिनेटमा उत्तम रहेको छ ।

१४ असोज शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । १६ असोज आइतबार फूलपाती भित्र्याउने दिन परेको छ । यसै दिन बिहान १० बजेर ५ मिनेटमा तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ बजेर ३५ मिनेटमा रहेको छ ।

१७ असोज सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । १८ असोज मंगलबार महानवमी पर्व परेको छ । १९ असोज बुधबार विजयादशमी पर्व परेको छ ।

नेपालीको महान् पर्व बडादसैंको यो मुख्य दिन हो । यस दिन बिहान ७ बजेर ३५ मिनेटमा तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ बजेर ४७ मिनेट रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

२२ असोज शनिबार सबै बलिपूर्ति परेको । २३ असोज आइतबार कोजाग्रत पूर्णिमा परेको छ । यस दिन बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैं पर्व समापन हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१