शंकर अधिकारी ‘घायल’ चलचित्र “चाल” बनाउने तयारीमा

evccfn@gmail.com' rastriyakhabar
१३ आश्विन २०७९, बिहीबार २१:१५

काठमाडौं । चर्चित गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ को निर्देशनमा नयाँ चलचित्र चाल बन्ने भएको छ ।

उद्वव भट्टराई, मोहन गमाल, यज्ञराज सेडाइको निर्माण तथा बक्स अफिस ग्रुप प्रा. लि. को ब्यानरमा बन्ने उक्त चलचित्रमा तारा प्रसाद निरौला (सन्तोष)को प्रस्तुति रहने छ ।

घायल कै लेखन रहेको चलचित्रको निर्देशनसमेत घायल आफैंले गर्ने भएका छन् ।

घायलले दिएको जानकारी अनुसार निर्माणधीन चलचित्र चाल पारिवारिक सत्य घटनामा आधारित कथावस्तुमा बन्नेछ ।

 

चलचित्रको निर्माण हुँदै गर्दा विक्रम लुङवा, माही न्यौपाने र उद्दव ट्टराईसहितको फर्स्टलुक सार्वजनिक गरिएको छ भने अन्य कलाकार छनोट प्रक्रियामा रहेको निर्देशक घायलले बताए ।

हरि मानन्धर( विवश ), र शंकर अधिकारी घायलको गीत तथा गैर्हे सुरेस र घायलको संगीत यस चलचित्रमा रहने भएको छ ।

चलचित्रको मिडिया पार्टनर को रुपमा शान्ति नेपाल टेलिभिजन रहने प्रारम्भिक सहमति भएका छ ।

भविष्यमा यसलाई अफिसियल मिडिया पार्टनर बनाउने कुरा समेत सहमति नजिक पुगेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१