बुढानिलकण्ठ नगरपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७९, बिहीबार ०५:१०

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्नभएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ताज पार्टी प्यालेसमा भएको तालिममा मेलमिलाप सम्बन्धि विविध विषयमाहरुमा बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए।

बुधानिलाकण्ठ नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितीका संयोजक अनिता लामाको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मेलमिलाप कर्ताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय,उच्च अदालतका पुर्व मुख्य न्यायाधिस सुरेन्द्र बिर सिंह बस्नेत,सम्भव मेलमिलाप केन्द्रका अध्यक्ष दुर्गा प्रसाद अर्याल , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने सहित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा मेलमिलाप र स्थानीय तहमा न्याय सम्पादन सम्बन्धि विभिन्न विषयहरुमा चर्चा गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुबाट प्रतिनिधित्व गर्दै सहभागी भएका मेलमिलाप कर्ताहरुलाई ४८ घन्टे आधारभूत तालिम प्रदानको समापन कार्यक्रममा अधिवक्ता पुण्य प्रसाद काफ्लेले कार्यक्रमका वारेमा प्रकास पारेका थिए भने अधिवक्ता मणिराम राईले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१