नेपालको सानदार जीत, बङ्गलादेश ३–१ ले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७९, बुधबार ०५:१८

काठमाडौं । अञ्जन बिष्ट नायक बन्दा नेपालले बङ्गलादेशविरुद्ध सानदार जीत निकालेको छ । दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालका लागि बिष्टले पहिलो हाफमै ह्याट्रिक गरे ।

बङ्गलादेशले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो । उसले एक गोल थपेपनि बराबरीको प्रयास सफल बनाउन सकेन ।

पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण गरेका प्रदीप हुमागाईंको रणनीति आजको खेलमा सफल भयो । उनको प्रशिक्षणमा खेलाडीहरु दरिलो आत्मबलमा देखिन्थे । नेपालका स्टार खेलाडी बिमल घर्तीले पनि उत्कृष्ट खेल खेले ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०