धार्मिक पर्यटनको बिकास सम्बन्धि गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले तयार पारेको वृतचित्र सार्वजानिक

evccfn@gmail.com' rastriyakhabar
११ आश्विन २०७९, मंगलवार ००:५२

काठमाडौं । पर्यटकिय दृष्टिकोण बाट महत्वपुर्ण गन्तब्यको उपमा बटुल्न सफल देश नेपाल र मन्दिरै मन्दिरको शहरको परिचयबनाउन सफल यो देशको राजधानि काठमाडौं, त्यहि काठमाडौंको एउटा कुनामाआफ्नो अलगपहिचानबनाएर उभिएको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले तयार पारेको वृतचित्र सार्वजानिक भएको छ ।
यो नगरपालिका काठमाडौं उपत्यकाको महत्वपुर्ण धार्मिक स्थलहरुबोकेर बसेको नगरपालिका पनि हो ।
करिब १० हजार घरधुरी रहेको यो वडामा नेपालभित्रजतिभाषाभाषि ,जातजाति र धर्मावलम्बिहरु छन् तिमध्य अधिकांसको बसोवास रहेको छ ।
यो ठाउँ शहरको बिकास क्रम संगैभर्खर भर्खरै बिकसित भएको ठाउँ हो ।
यो ठाउँमा बिभिन्नधर्माबलम्विहरुको पनिबसोवास नभएको भने होईन र धार्मिक स्थलहरु नभएको पनिहोईन तर अहिलेको तथ्याङ्क अनुसार र त्यस स्थानको बयोवृद्धहरुसंग कुराकानिगर्दा यो हिन्दुहरुकै बाहुल्यतारहेकोले मठ मन्दिरहरुनै बढी भएको देखिन्छ ।
बौद्ध आरुबारी देखि बागमतीकिनार सम्म फैलिएको यो वडा भित्रनिकै एैतिहासिकमहत्वबोकेको मठ मन्दिरहरु रहेका छन् ।
१ ) माहांकाल भैरव मन्दिर डाँडा गाउँ
करिब १२ आना क्षेत्रफलमा फैलिएको यो मन्दिर त्यस स्थानका स्थानियहरु को मात्रनभई उपत्यकाको सबै क्षेत्र को हिन्दु धर्मावलम्बिहरुको रोजाईमा परेको मन्दिर हो ।
सुन्दर र कलात्मक ढंगबाट बनाईएको यो मन्दिरको जिर्णोदार मा स्थानिय सरकार देखि संघिय सरकारको समेत महत्वपुर्ण भुमिका रहेको छ ।
बिभिन्न समयमायहाँजात्रालाग्ने गरेको छ ।
२) रामजानकिमन्दिर
बौद्धआरुबारी रोडमै रहेको यो मन्दिर को कथाभने अलि फरक छ ।
धार्मिक स्थलबनाउनभनेर स्थानियलव प्रसादधिमिरे बाट प्राप्तभएको जग्गामा सानो बाँसको छाप्रोबाट शुरु गरेको यो मन्दिर बिभिन्न समयमाबिभिन्नब्यक्तित्वहरुको पहलमा जिर्णोदार हुदैं हाल त्यस क्षेत्रकै महत्वपुर्ण मन्दिरको रुपमा स्थापितहुदै गईरहेको छ ।
धार्मिक ग्रन्थअनुसार धनुषबाँण कला देखाएर रामले जानकीलाई बिबाह गरेर लगेको हुनाले यहाँ जानकीबाटीका भित्र धनुषबाँण बोकेको रामको सालिकपनि स्थापनागरिएको छ ।
यो मन्दिर हेर्दा सानो देखिएपनियसाको वरीपरकिो क्षेत्रफल करीब ५ रोपनि रहेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ र ९ को सिमानामा पर्ने यो मन्दिर २०४० सालतिर स्थापनाभएको मानिन्छ ।
जनकपुरमा झैं यहाँपनि रामनवमि तथा बिबाह पञ्चमीमा मेला लाग्ने गरेको छ ।
अहिलेपनि बिहान ५ बजे बाट ७ बजे सम्म भक्तजनहरुको भिडभाड रहने गरेको छ ।
३) छहारी क्लबकृष्ण मन्दिर
जोरपाटी बाट गोकर्णेश्वर मन्दिर जाने बाटैमा रहेको यो कृष्ण मन्दिर सानो क्षेत्रफलमाभएपनियसको महत्वभने अत्यधिक रहेको छ ।
त्यस क्षेत्रमालामो समयदेखिबसोबास गर्ने स्थानियहरुको भनाई अनुसार त्यो ठाउँमा पहिलात्यो बाटो भएर हिडडुल गर्ने बटुवाहरु बस्ने पाटी रहेको थियो ।
बस्ति बिकास संगै फोहर हुन थालेपछि त्यसलाई भजन मण्डलको रुपमा बिकास गरेको पाईएको छ ।
त्यो पाटी वामन्दिर के थियो भन्ने बारेमामन्दिर अगाडीको शिलालेख मापनिउल्लेख छ ।
यो मन्दिर पनि १०० बर्षभन्दा पुरानो रहेको मानिन्छ ।
जिर्णादार र पुननिर्माण भने बेला बेलामाभइरहेको छ ।
४) मिजार टोल छेउको गणेश मन्दिर
केहिसमय अगाडी सम्म ढुङ्गेधारा रहेको यस ठाउँमा बस्तिबिकास संगैं धारामापानिआउन छाडे पछि सार्वजानिकजग्गा संरक्षणको लागि कृयापुत्रीभवनबनाईएको छ ।
संगै रहेको गणेश मन्दिर परिसरलाई वडा कार्यालय र नगरपालिकाको सहयोगमा ब्यबस्थित बनाउने कार्य समेत भएको छ ।
परम्परा अनुसार प्रतेक मंगलबार र एकादसीमा यहाँ भक्तजनहरुबाट पुजाआजाहुने गरेको छ ।
यस क्षेत्रमा रहेको दलितबस्तिलाई ब्यबस्थित गदैं सर्बजात सह अस्तित्वको मान्यताकायमगर्न यो गणेश मन्दिरले महत्वपुर्ण भुमिकानिर्वाह गरेको छ ।
नजिकै नारायणटारमा १०० बर्ष भन्दा पुरानो मिजारहरुको कुलदेवताको रुपमामानिने स्थान रहेको छ ।
मिजारहरुको कुल देवता स्थान संगै आनन्द गणेश मन्दिर तथा कृयापुत्रीभवन समेत रहेको छ ।
यो मन्दिरमाभक्तजनहरुले नियमितपुजाआजागर्ने गरेका छन् ।
५) सिद्धिदात्रीनवदुर्गा मन्दिर
करिब १०४ घर धुरी रहेको पिपलबस्तिको बिचमा रहेको यो मन्दिरको बिशेषता
अलि फरक रहेको छ ।
परापुर्व कालदेखि नै बेसिगाउँका नेवार समुदायको कुलपुजागर्ने यो ठाउँलाई पहिला बाटुलढिक भनेर चिनिन्थ्यो ।
स्थानिय सरकार तथा स्थानियबासिन्दाकाहरुको सकृयतामायहाँहिन्दुधर्माबलम्बिहरुले पजाआजागर्ने मन्दिर र बौद्धिष्टहरुको स्तुपा समेत बनाएर सर्ब धर्म सह अस्तित्वलाई स्विकार गरेको देख्न सकिन्छ ।
यस ठाउँमा समुदायको बिभिन्नकार्यहरुमा सहजताकायमगर्न सामुदायीकभवन समेत निर्माण गरिएको छ ।
६ ) बुद्ध चोकको बुद्धको प्रतिमा
यो वडामा बुद्ध धर्माबलम्बिहरुको धार्मिक स्थलको रुपमा बुद्धचोकमाप्रबेश द्वार तथा बुद्धको प्रतिमा रहेको छ ।
सानो ठाउँ भएपनियसलाई सदुपयोग गर्दै सानो बाटीका र बुद्धको प्रतिमा ले यो ठाउँको शोभा बढाई दिएको छ ।
७ ) राधाकृष्ण मन्दिर
सलललबगिरहेको बागमतीको मनोरम दृष्य संगै बिभिन्नकिसिमकाभजनको सांगितीकधुनमा रमाउनबागमतीको किनारमा राधाकृष्ण मन्दिर बनाईएको छ ।
श्री कृष्ण जन्माअष्टमी माबिषेश मेलालाग्ने यो मन्दिरमा अरु समयमापनि स्थानियभक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
यो मन्दिरकै छेउमाबुद्धको स्तुपा सहितको प्रतिमाबनाईएको छ । जसले ओमकार परिवार भित्रका सबैलाई एकैठाउँमा उभिएर आफ्नो सांस्कृतिकमौलिकताजोगाउन प्रेरणा जोगाउनखोजेको देखिन्छ ।
८) उत्तर धारा
जोरपाटीबाट गोकर्ण तर्फ जाँदामुख्य सडक खण्डको बायाँतिर चौबिसै घण्टा कलकलपानिबगिरहने एक ढुङ्गे धारा रहेको छ ।
यो धारानको नामउत्तर धारा हो । उत्तरतिर फर्किएको हुनाले यो धाराको नामउत्तरधारा रहनगएको हो । यो निकै प्राचिनधाराको रुपमा समेत परिचितधारा हो ।
यो धारा निकै पुरानो भएकोले पुरातात्विक सम्पदा सुचिमा समेत परेको छ ।
यो वडामा रहेकाधार्मिक स्थलहरुको चर्चा गर्दा केहि रोचक ठाउँपनि छन् जसलाई देखेर धार्मिक आस्था राख्ने सबैलाई आश्चार्य लाग्न सक्छ ।
२०११ सालतिर बेसीको खेतमाकामगर्न आउने खेताला र किसानलाई सितलमा बस्ने ठाउँ को ब्यबस्थागर्न चालिसे परिवारले दानदिएको जग्गामाअहिले चालिसे परिवारको लगानिमा राधा कृष्ण मन्दिर ,बस्नमिल्ने पाटी र कृयापुत्रीभवन समेत निर्माण गरेर राखिएको छ ।
निजिलगानिमाचालिसे बन्धु गुठीको तर्फबाट समाजजको लागि यस्ता अरु कार्यहरु पनिभएका छन् ।
यस्तै आफ्नैे निजिनिवास मा राधे राधे को सत्संंग बनाएर धार्मिक आस्थालाई कायम राख्ने क्याप्टेन हिरालाल श्रेष्ठको घर पनि मन्दिर भन्दा कम देखिदैन ।यस वडाले धार्मिक र सांस्कृतिपक्षलाई सुदृढ गर्दै धार्मिक पर्यटनको बिकासमा अझ शसक्त भुमिकानिर्वाह गर्दै जाने प्रतिबद्धता जाहेर गरेको छ ।
यो बृतचित्र गोकर्णेश्वर नगरपालिका वडा नं.८ को लागि बोष्टर मिडियाले तयार गरेको हो ।
बृतचित्रको संयोजन बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना ले गर्नुभएको छ भने लेखन तथा निर्देशन डि.बि.पराजुलीको हो ।
सुमन बस्नेतको छायांङ्कन रहेको यो बृतचित्रको सम्पादन घाश्याम पाण्डेले गर्नुभएको हो ।
भिडियो हेर्न तलको लिंकमा जानुहोला

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१