भक्तपुर निर्वाचन क्षेत्र नं २ मा दिपशिखा, महेश र साजनको चुनावी भिडन्त : कस्ले मार्ला बाजि ??

evccfn@gmail.com' rastriyakhabar
१० आश्विन २०७९, सोमबार २१:०७

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदैं जाँदा आ—आफ्नो पार्टी वा समुह बाट तथा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नेको संख्या दिनानुदिन बढीरहेको छ ।
कतिपय निर्वाचन क्षेत्रमा त रोचक चुनावी भिडन्त समेत हेर्न पाईने भर्एको छ ।
कोही प्रचण्डको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने त कोही शेर बहादुर देउवाको क्षेत्रबाट अनि कोही के.पि.ओलीको क्षेत्रबाट चुनाव लड्ने भन्दै घोषणा गरिरहेका छन् ।
यस्तै भक्तपुरको निर्वाचन क्षेत्र नं २ मा पनि रोचक चुनावी भिडन्त हेर्नपाईने सम्भावना बढेको छ ।
यो क्षेत्रमा वाईसिएलका ईन्चार्ज राम प्रसाद सापकोटा(दिपशिखा),एमालेका प्रभावशाली युवानेता तथा पुर्वमन्त्री महेश बस्नेत संग चुनावी भिडन्त गर्न लामो समय सामाजिक अभियानमा सकृय रहेका साजन बिश्वकर्मा पनि जाने घोषणा गरे संगै चुनावी रौनक अझ बढ्ने देखिएको हो ।
आ—आफ्नो क्षेत्रमा अलग अलग पहिचान बनाएका यी तिन जनाको भिडन्तको खबरले त्यस क्षेत्रको चुनावीमाहोल अझ तात्तिने सम्भावना बढेको छ ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बिश्वकर्मा राष्ट्रियता माथि आँच आउनेखालका एमसिसि भगाउ, लिपुलेक बचाउ लगाएतका आन्दोलनमा अग्र पंतिमा रहेर काम गरेका सामाजिक अभियन्ता हुन भने पछिल्लो समय स्वागत नेपालको पार्टीमा प्रवत्ताको भुमिका समेत कुशल रुपमा निभाएका ब्यक्ति हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१