कागेश्वरी मनोहरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बर्तोलाको स्वागत र घिमिरे बिदाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७९, सोमबार ०६:०३

काठमाडौं  । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।  नगरपालिकामा सरुवा भइ जाने प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाइ बिदाइ गरिएको छ भने उनको ठाउमा नया आएका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलालाइ नगर प्रमुख उपेन्द्र कार्की ,उप प्रमुख शान्ता थापा , वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल लगायत कर्मचारीहरुले स्वागत तथा बिदाइ गरेका थिए । कार्यक्रममा नगरपालिकामा करार सेवामा लामो समयसम्म कार्यरत रही हाल विदा भएका कर्मचारीहरु भीमशेन सञ्जेल, कृष्ण गौतम, कालेभाई मिजार र श्री कृष्ण बहादुर सुनार लाई समेत सम्मान सहित बिदाइ गरिएको थियो ।

नगर प्रमुख उपेन्द्र कार्कीले बिदाइ हुने प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे र नया आएका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलालाइ मायाको चिनो सहित स्वागत तथा बिदाइ गरेका थिए । निर्बिवाधित रुपमा नगरपालिकामा काम गरेका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले समन्वयात्मक र सबैको सल्लाह अनुसार कामकाज संचालन गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले जनप्रतिनिधिहरूको सपना पूरा गर्ने कुरामा प्रमुख प्रशासकीय अधिकृतको ठूलो भूमिका हुने बताउँदै प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहँदा घिमिरेले गरेका कामको प्रशंसा गरेका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला बाट पनि विकासका गतिमा पूर्ण सहयोग रहने विश्वास नगर प्रमुख उपेन्द्र कार्कीले ब्यक्त गरेका थिए । उनले नया प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलाले समग्र नगरको विकासमा सहयोग पुग्ने गरि काम गर्ने बिश्वास समेत ब्यक्त गरेका थिए । उनले कर्मचारी र जनप्रतिनिधी बिच समन्वय र सहकार्य गर्दै कुशलता पुर्वक जनताका काम प्रभावकारी ढंगले सम्पादन गर्न नयाँ प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलालाइ आग्रह समेत गरेका थिए।

उनले सरुवा भई जान लागेका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेको आगामी दिनको यात्रा सुखद र सफलताको शुभकामना सहित बिदाइ गरेका थिए।नगर उप प्रमुख शान्ता थापाले नया आएका र बिदाइ हुने दुवै प्रशासकीय अधिकृतको आगामी यात्रा सहज र शुखद होस् भन्ने शुभकामना ब्यक्त गरेकी थिइन् । उनले नगर बाट बिदाइ हुने अन्य कर्मचारीको पनि आगामी दिन शुखद होस् भन्ने शुभकामना ब्यक्त गरेकी थिइन् ।हालै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलाले जनप्रतिनिधिको गतिमा नै काम गर्न प्रयास गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१