राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध कारण देखाऊ आदेश जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७९, सोमबार ०५:२९

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । आज सर्वोच्चले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक प्रमाणिकरण नगर्ने कदमविरुद्ध उक्त आदेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले १५ दिनभित्र राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणिकरण नगर्नुको कारण देखाउन आदेश जारी गरेको हो । सर्वोच्च अदालतमा विधेयक प्रमाणिकरण नगरेकोमा ५ वटा रिट दर्ता भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१