शेखर कोइराला समूह विद्रोहका लागि ठिक्क, देउवालाई तनाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७९, आईतवार ०५:१०

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर समूह ठूलै विद्रोहको तयारीमा लागेको छ । उक्त समूहले पार्टी नफुटाइहाले पनि प्रत्यक्षतर्फ देशभर विद्रोही उम्मेदवार खडा गर्ने तयारी गरेको हो ।

आज संस्थापनइतर शेखर कोइराला समूहले खबरदारी भेला गरेको छ । नेविसंघको पूर्वसभापति गुरुराज घिमिरे देखि तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजङ्ग शाहीसम्मले विद्रोहको चेतावनी दिए । उनीहरुले विद्रोहलाई रोक्न नसक्ने भन्दै आफ्ना समूहका नेताहरुलाई टिकट च्यातेर आउन भने ।

त्यसो त शेखर समूहका केही नेताले निर्वाचन आयोगमा दल दर्ता गरेर समानुपातिक सूची पनि बुझाइसकेको चर्चा छ । त्यस्तै परे पार्टी नै विभाजन गरेर जानुपर्ने कतिपयको भनाई रहेको छ । तर, शेखर कोइराला, धनराज गुरुङ्ग, गगन थापालगायत प्रभावशाली नेताहरु तयार भएका छैनन् । टिकट बाँडफाँटमा आफ्नो पक्षकाले ४० प्रतिशत नपाए विद्रोह गर्ने चेतावनी शेखर कोइराला आफैले दिइसकेका छन् ।

पार्टी विभाजन नगरेपनि टिकट बाँडफाँटमा चित्त नबुझे शेखर समूहले विद्रोही उम्मेदवार उठाउन आन्तरिक तयारी गरेको छ । विशेषगरी काठमाडौं उपत्यका र तराईका जिल्लाहरुमा त्यस्ता उम्मेदवार तयारी अवस्थामा राखेर सक्रिय बनाइएको बुझिएको छ ।

शेखर समूहको तयारीको सूचना पाएर सभापति शेरबहादुर देउवा तनावमा छन् । उनी शेखर समूहलाई मिलाएर लाने गरी सक्रिय भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१