१४ अक्टोबर २०२२ मा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको प्रथम राष्ट्रिय अधिवेशन हुँदै

evccfn@gmail.com' rastriyakhabar
८ आश्विन २०७९, शनिबार २०:२६

कतार । नेपाल बाट वैदेशिक रोजगार तथा ब्यबसाय गर्न कतार पुगेका मुस्लिम समुदायको संगठन अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजले नयाँ नेतृत्व चयन गर्नका लागि प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

१४ अक्टोबर २०२२ मा कतारको होटल क्राउन प्लाजा दोहा मा हुने राष्ट्रिय अधिवेशनले कृयाशिल संगठन र संगठन प्रति उत्तरदायी नेतृत्व निर्माण गर्ने बिस्वास रहेको संस्थाका कृयाशिल सदस्य ईकबाल मियाँले बताउनु भयो ।

हाल संगठनमा कार्यबहाक अध्यक्षको रुपमा अब्दुल करिम र महासचिव अजमत अलि रहनु भएको छ भने अन्तराष्ट्रिय नेपाल मुस्लिम समाजको नेतृत्वमा राष्ट्रिय अधिवेशनको आयोजना गरिएको हो ।

कतारमा रहेका सबै मुस्लिम तथा गैर मुस्लिम सम्पुर्ण संघ संस्था र समुदायलाई १४ अक्टोबर २०२२ मा कतारको होटल क्राउन प्लाजा दोहामा उपस्थिति जनाउन आयोजक हरुले आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१