गोकर्णेश्वर ८ मा शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७९, शुक्रबार ०५:३२

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ८मा शान्ती सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नजिकिदै गरेको चाडपर्वलाइ लक्षित गरि वडामा हुन सक्ने सम्भावित चोरी डकैती लुटपाट र दुर्घटना न्यूनीकरण गर्नको लागि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको वडा कार्यालयले जानकारी गराएको छ ।

प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले चाडपर्वमा देखिने समस्याहरु न्यूनीकरण गर्न प्रहरीले बिशेष सुरक्षा योजनाका साथ् काम गर्ने जानकारी गराउदै सो अभियान सफल बनाउन समुदायको सहयोग समेत अपेक्षा गरेका थिए। उनले प्रहरी शान्ती सुरक्षा अमनचयन र अपराध नियन्त्रणमा कटिबद्ध भएको बटाउदैं समुदाय–प्रहरी साझेदारी अवधारण बमोजिम सर्वसाधारणको सहयोग, सद्भाव र सहकार्यमा अगाडी बढ्ने समेत बताएका थिए । अपराधीक मनोवृत्तीका ब्यक्तीहरुले चाड पर्वको बेला बिभिन्न किसिमका घटना घटाउन सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्नु नै बिशेष सुरक्षा योजनाको उद्देश्य रहेको पनि उनले जानकारी गराए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले वडामा अपराध हुन नदिन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरी प्रशासनलाइ सक्दो सहयोग गर्ने बताएका थिए। उनले सिसिटिभी जडान प्रक्रिया र सडकमा रहेका अव्यवस्थित तारहरु व्यवस्थापनका लागि पहल गरिरहेको बताएका थिए ।कार्यक्रममा वडा सदस्यहरु सुमन लामा, चन्द्रलाल श्रेष्ठ, सीता तिमिल्सिना, सोबिता मिजार, वडा सचिव सुदिप हमाल, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला समुह बिभिन्न संघ सस्थाका प्रतिनिधि सहित स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१