सरुवा रोक्न र सरुवा भएकालाई तत्काल रमाना दिन आयोगको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७९, शुक्रबार ०५:००

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ। साथै, सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन पनि आयोगले भनेको छ।

मंसिर ४ गते हुने निर्वाचनका लागि आज (असोज ६ गते) देखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ।

यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने आयोगले जनाएको छ।

यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निवाचन सम्बन्धी कानुनी व्यवस्था बमोजिम निवाचन सम्पन्न नभएसम्मका लागि मिति २०७२।०६।०६ देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन आयोगले भनेको छ।

साथै, मिति २०७९/६/५ गतेसम्म सरुवा भै सकेको अवस्था भए तत्काल रमाना दिई मिति २०७९/६/९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भईसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरु लगायत सबै सार्वजनिक निकायहरुलाई आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१