राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७९, बिहीबार ०५:१२

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको सत्तारुढ गठबन्धनको निष्कर्ष छ।

बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठक पछि संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार ठहर गरेको हो । राष्ट्रपतिको कदमका विरुद्ध गठबन्धनले सचेत रहन आग्रह गरेको छ ।

जारी विज्ञप्तीमा लेखिएको छ,“राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमुल्यन भएको छ ।” राष्ट्रपतिको यो कदमका विरुद्ध गठबन्धनले सचेत रहन संघीय लोकातान्त्रिक संवैधानिक व्यवस्थाका पक्षाधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगत लगायत सम्पुर्ण नेपालीहरुलाई सचेत रहन पनि आग्रह गरेको छ ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधान उल्लघंन गरेको गठबन्धनले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१