३ लाख रिजर्भ सैनिक बोलाएसँगै विश्वयुद्धको खतरा बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७९, बिहीबार ०५:०९

काठमाडौं । रुसले रिजर्भ सैनिकलाई युद्धमा डाकेसँगै विश्वयुद्धको खतरा बढेको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले रिजर्भ सैनिकको परिचालनको घोषणा गरेका हुन् ।

पुटिनले पश्चिमा सैनिक संयन्त्र युक्रेनमा केन्द्रित भएकाले अवस्था संवेदनशील भएको बताएका छन् । उनले सैनिक सेवाबाट अवकाश पाएकाहरुलाई पनि युद्धमा परिचालन गरिने बताएका छन् । तत्काल ३ लाख रिजर्भ सैनिकलाई युद्धमा बोलाइने उल्लेख छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसलाई आणविक हतियार प्रयोग गरेर गम्भीर परिणाम झेल्नुपर्ने चेतावनी दिएका थिए । उनले दोस्रो विश्वयुद्ध भन्दा पनि गम्भीर परिणामको चेतावनी दिएका थिए । रुसले आणविक अस्त्र तयारी अवस्थामा राखेको छ । आणविक फौज शतर्क अवस्थामा छ ।

रुसको पछिल्लो कदमले सँसार खतरनाक युद्धतर्फ धकेलिन लागेको संकेतहरु गरिएको छ । सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिसले मङ्गलबार दोस्रो विश्वयुद्धपछिको खतरनाक द्वन्द्वमा सँसार पुग्न लागेको चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०