कपनको आगलागी नियन्त्रणमा, मृत्यु हुनेको संख्या ३ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७९, बुधबार २३:०३

काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११  मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुनसकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ ।

अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइ सकिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन । आगलागीबाट कति क्षति भयो भन्ने संकलन गरिंदै छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो ।

हेर्नुस तस्बिर :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१