सत्ता गठबन्धनमा कसरी होला सिट बाँडफाँट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७९, बुधबार ०५:१९

काठमाडौं । समानुपातिकको बन्दसूचीमा नाम चलेका नेताहरु बसेपछि सत्ता गठबन्धनका दलहरुभित्र सिट बाँडफाँट केही सहज भएको छ । यसअघि केही क्षेत्रमा तीनवटा दलको सम्म दाबी परेको थियो ।

काँग्रेस केन्द्रीय सदस्य रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा समानुपातिकमा बसेपछि कैलाली ५ मा वीरबहादुर बलायरलाई उम्मेदवार बनाएर डोटीमा नेकपा एसका प्रेम आलेलाई सहज बनाइएको छ ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौं ५ र नुवाकोटबाट उम्मेदवार नबने पक्का भएको छ । उनी समानुपातिकमा बसेका छन् । अब काठमाडौं ५ मा काँग्रेस या अन्य कुन दलले गठबन्धनबाट उम्मेदवारी दिने हो चासो बनेको छ ।

काठमाडौं २ मा काँग्रेस र एमालेको दाबी छ । ललितपुरको २ र ३ मा पनि काँग्रेसको दाबी छ । २ मा नेकपा एस र ३ मा माओवादीले दाबी छाडेको छैन ।

तराईका जिल्लाहरुमा कतिपय सिटमा गठबन्धनका तीन दलहरुको दाबी चलिरहेको छ । यसले निकै समस्या ल्याइरहेको छ । गाँठो फुकाउन शिर्ष नेताहरुलाई हम्मे परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१