जागरण मिडिया सेन्टर र युएनडीपीको आयोजनामा सिरहाको लहानमा विचार गोष्ठि सम्पन्न।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ कार्तिक २०७१, शनिबार ०६:०६

एस.पी.गौरब सिरहा १  कार्तिक ।
जागरण मिडिया सेन्टर र युएनडीपीको आयोजनामा लहानमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देव कुमार यादवको अध्यतामा विचार गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा अधिबक्ता बसन्त प्रसाद अधिकारीद्धारा संविधान सभाबाट संविधान निमार्णको वर्तमान अवस्था तथा जे.बी वि.कद्धारा नया संविधानमा दलित अधिकार र संचारकर्मीको भुमिका शीषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।सो अवसरमा जागरण मिडिया सेन्टरका राजेश मरासैनीद्धारा संचारकर्मीको भुमीकाको प्रसंसा गरीएको थियो । युएनडीपीका रेणु क्षेत्रीले वर्तमान संविधानमा महिला,दलित,मधेशी सिमांतकृत वर्गका बारे स्थान कसरी समावेश गराउन सकिन्छ भन्नेमा संचारकर्मीको भुमिका मत्वपुणर््ँा हुने बताउनु भयो । प्रेस काउन्सीलका केन्द्रिय सदस्य चन्द्रदेव कामतीले दलितको मु्द्धा र मधेशीका मुद्ध समावेश गरीएका अधिकार सम्पन्न संविधान आउनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गणेश लम्सालले दलित,पछाडि परेका समुदायका बारेमा संचारकर्मीहरुले अवाज उठाउदै आएको बताउनु भयो ।,तसर्थ संचारकर्मीको स्थान नया बन्ने संविधानमा सुनिश्चित हुनुपर्छ भन्नुभयो । सो गोष्ठिमा नेपाल पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादव लगायतले मधेशी ,आदिवासी,जनजाती,दलितको अधिकार यस संविधानमा सुनिश्चित हुनुपर्छ तथा संचारकर्मीहरुलाई पनि समावेशी गरिनुपर्दछ भन्ने धारण राखेका थिए ।। गोष्ठिमा ,सिरहा,सप्तरी ,मोरङ,सुनसरी र झापाका चार दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१