१० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७९, मंगलवार ०४:३९

काठमाडौं । काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलेको छ।

मोहम्मदको परिवारसँग सोधपुछका क्रममा उनी पाँच वर्षअघि दस वर्षको जेल सजाय काटेर छुटेका प्रहरीले जनाएको छ।

‘उनी कुन मुद्दामा जेल परेका थिए भन्नेबारे यकिन भइसकेको छैन। थप अध्ययन तथा अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो।

सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका- ८ मा दुई जना बन्दुकधारीहरूले मोहम्मदलाई गोली हानेर भागेका थिए। मोहम्मदको टाउको, कोखा र तिघ्रामा गोली लागेको थियो। घाइते मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनास्थलमा बन्दुक र गोलीका चार वटा खोका भेटिएको छ।

गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गरेर प्रहरीले जाँच गरिरहेको बताएको छ।

softwaricanic
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए।

मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर दुई जना बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन्।

गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०