गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्धि सम्वन्धी तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७९, सोमबार ०५:३५

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजना तथा बोष्टर मिडियाको समन्वयमा आयोजित एक दिने  जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्धि सम्वन्धी तालिम सम्पन्न भएको छ ।

वडा नं ९ का जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्य सम्पादन क्षमतामा विकास गराउन तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा गोकर्णेश्वर नगरपालिकाका शाखा अधिकृत तुलसी आचार्य  र   प्रशिक्षक शंकर कुमार प्रधानले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

वडा अध्यक्ष राजिब थापा   सहित वडा सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो । तालिमको पहिलो सत्रमा तुलसी आचार्यले नेतृत्व विकास र यसका आयामहरुको बारेमा चर्चा गर्नुभएको थियो । नेतृत्व सीप, नेता तथा ब्यवस्थापक, नेतृत्वको भूमिका सम्वन्धी कानुनी प्रावधानहरु, प्रमुखको काम कर्तब्य र अधिकार स्थानीय सरकार संचालन ऐन, प्रमुखको काम कर्तब्य अधिकार, उपप्रमुखको काम कर्तब्य र अधिकार, वडाध्यक्षको काम कर्तब्य र अधिकार, प्रमुख प्रशाशकीय अधिकृतको काम कर्तब्य र अधिकार, वोलपत्र, आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन २०७६, निजामती सेवा ऐन, नेतृत्व शैली, नेतृत्व सम्वन्धी केही प्रमुख सिद्धान्त, नेतृत्वको ब्यवहार सम्वन्धी सिद्धान्त, नेतृत्वको सहभागितामूलक सिद्धान्त, नेतृत्वको नवीन अवधारणा, नेपालको नेतृत्वको अवस्था, राजनैतिक तथा प्रशाशनिक अवस्था, नेपालमा नेतृत्वको अवस्था, बर्तमान समयमा हुनुपर्ने नेतृत्व लयायतका बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा शंकर प्रधानले प्रदान गर्नुभएको थियो ।

त्यस्तै गरी बोष्टर मिडियाका  संचालक मुकुन्द कुमार ढुंगानाले निरन्तर सिकाई तथा अभ्यासले मानिसलाई पूर्णता तिर लैजाने हुनाले सिकाइमा जोड दिन अनुरोध गर्नु भयो भने वडा नं ९  का अध्यक्ष राजिब थापाले दृढ इच्छाशक्ति र संकल्पलेनै मानिसलाई सफल र शिखरमा पुर्याउने हुनाले निरन्तर योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको  थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१