राष्ट्रपतिद्वारा ७०२ जनाको कैद सजाय माफी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७९, सोमबार ०५:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् ।

सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कुल जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९\५\३१ को बैठकको सिफारिसमा मिति २०७९/६/३ गते देखि लागु हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको सूचीमा रहेका महेन्द्रप्रसाद कानुसहित २१ जनालाई कैद सजाय माफी दिएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१