मानव अधिकार आयोगले भन्यो :राणाको सवारी स्कर्टिङसमेत हटाईएको पाईएको छ(विज्ञप्तीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७९, सोमबार ०४:५१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भएको गतिरोध संविधान र कानूनमै टेकेर अन्त्य गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । जबरा आज सर्वोच्च अदालत नियमित काममा फर्कन खोजेका थिए । उनी विहान ११ बजे अदालत जाने तयारी गरेको बेलामा सरकारले ठूलो मात्रामा प्रहरी प्रशासन तैनाथ गरेर उनलाई अदालत जानलाई अवरोध पुर्याएको र स्वयम जबराले आफूलाई निवासमै नजरबन्द गरिएको प्रतिक्रिया दिएपछि आयोगको टोली आज अदालत र निवास पुगेर अध्ययन गरेको थियो ।

सो भ्रमणपछि आयोगले अहिले एक विज्ञप्ती जारी गर्दै जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न भनेको छ । आयोगको तर्फबाट प्रवक्ता डा. टीकाराम पोखरेल नेतृत्वको टोली जबराको निवास पुगेको थियो ।

अहिले पोखरेलले नै आफ्नो नाममा विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका छन् ।
आयोगले व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि जबरामाथि प्रहरी प्रशासन लगाएर अवरोध पुर्याउनु लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिएका छन् । उनले जबराविरुद्धको महाभियोग असफल भैसकेको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१