अटोमोवाइल व्यवसायमा सुमार्गी ग्रुपको प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७९, आईतवार १४:४९

काठमाडौं । अटोमोवाइल व्यवसाय समस्यामा भएपनि पछिल्ला दिनमा नयाँ नयाँ ब्यवसायीक घरानाहरु अटोमोवाइल व्यवसायमा प्रबेश गरिरहेका छन् । यही क्रममा नेपालको चर्चित व्यवसायीक घराना सुमार्गी समूह पनि अटोमोवाइल व्यवसायमा प्रबेश गरेको हो ।

सुमार्गी ग्रुपले काठमाडौंको मिनभवनमा आफ्नो नयाँ शोरुम खोलेर अटोमोवाइल व्यवसायमा प्रबेशलाई पक्का गरेको हो । उक्त समूहले चिनियाँ सरकारी कम्पनी बेइजीङ अटोमोटीभ ग्रुप (बीएआईसी) ले उत्पादन गरेको ‘बीएआईसी’ ब्राण्डको गाडी नेपाल ल्याएको छ ।

चीनको छैठौ ठूलो गाडी उत्पादक कम्पनी बीएआईसीले जर्मन ब्राण्ड मर्सडिज बेन्ज र कोरियन ब्राण्ड हुन्डाईसँग संयुक्त लगानमा गाडी उत्पादन गर्दै आएको छ । बीएआईसी ग्रुप अन्तर्गत बेइजीङ, बीएडब्लू, चांगन, फोटन मोटर, आर्कफक्स जस्ता ब्राण्ड रहेका छन् ।

कम्पनीले अहिले नेपाल ल्याएको गाडी भने बीएआईसीले उत्पादन गरेको बेइजीङ बीजे ४० एल अफरोड एसयूभी हो । सन् २०१६ मा बेइजिङ अटो शोमा डेभ्यू गरेको बीजे ४० एल फोर डोर लाइफस्टाइल अफरोड एसयूभी हो ।

 

बीजे४० एलको लम्बाई ४ हजार ६३० एमएम चौडाई १ हजार ८४३ एमएम र उचाई १ हजार ८६१ एमएम रहेको छ । बीजे४०एलमा २७३० एमएमको लामो ह्वीलवेस पाउन सकिन्छ । यसमा २५४ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ ।

मस्कुलर बडी, आकर्षक फाइफस्टाइलको ग्रिल, चारै चक्कामा डिक्स ब्रेक, ठूलो साइजको टायरले यो एसयूभी रगेड देखिएको छ । यसको फ्रन्ट तथा रियर लाइटहरु एलइडी छन् । रिमूभेवल रुफ रहेको यो एसयूभीमा १२।३ इन्चको इन्स्टुमेन्ट क्लस्टर, रियर पार्किङ क्यामरा सहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

 

रियर पार्किङ सेन्सर, अटोमेटीक आइआरभीएम, सिक्सवे एड्जस्टेवल ड्राइभर सिट, फोरवे एड्जस्टेलवल प्यासेन्जर सिट, हिटेड फ्रन्ट सिट, मल्टीफङ्सनलन स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, डिउलजोन अटोमेटीक एसी, एयर फिल्टर सिस्टम, रेड एण्ड व्ल्याक डियूल कलरको इन्टेरियरले यसको क्यावीनलाई प्रिमियम देखाएको छ ।

 

सुरक्षाका लागि इबीडी सहितको एबीएस, इएसपी, इबीए, टीसीए, एचएसी, एचडीसी, आरएमआई, इपीबी, अटोहोल्ड, डिउल फ्रन्ट एयरब्याग, स्नो तथा स्पोर्ट मोड पाउन सकिन्छ ।

 

बीजे४० एलमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २०४ हर्सपावर र २९० न्यूटर मिटर टर्क प्रदान गर्छ । फोर ह्वील ड्राइभ क्यापासिटीको कारण यो एसयूभीलाई नेपालको जुनसुकै सडकमा सहजै चलाउन सकिन्छ । यसमा ६ स्पीड क्षमताको म्यानुअल गियरबक्स छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१