दशैंमा सेलपेको ‘धमाका अफर’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७९, आईतवार १४:२९

काठमाडौं । सेलपे सेवाले यस दशैंको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । सेलपेले दशैंमा ग्राहकका निम्ति आकर्षक  अफर ल्याएको हो ।

उक्त योजनाअन्तर्गत हवाई टिकटमा १२०० सम्म क्यासब्याक सुबिधा ,बस टिकटमा १० प्रतिशत क्यास्ब्याक सुबिधा तथा सुबिसु, भाएनेट इन्टरनेट महसुल भुक्तानीमा ५ प्रतिशत र  मोबाइल रिचार्जमा ६ प्रतिशत क्यासब्याक सुबिधा रहेका छन् ।  उक्त अफर असोज १ गतेदेखि ३१ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा प्रदान गर्दै आएको सेलपेबाट सरल र सुरक्षित रुपमा वास्तविक समयमा भुक्तानी गर्न सकिन्छ ।

यसका साथै सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीमोवाइल रिचार्ज हरु, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि गर्न सकिन्छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१