प्रचण्डसहित माओवादी नेताहरुलाई बाबुराम निवासमा रात्रिभोज आयोजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७९, आईतवार ०५:५७

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सो पार्टीका शीर्ष नेताहरु डिनर खानेगरि बाबुराम भट्टराईको निवासमा पुगेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि तयारी गर्न भन्दै दाहालसहित माओवादीका शीर्ष नेताहरु भट्टराई निवास टोखा पुगेका छन् ।

प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुनलगायतका नेताहरु टोखा पुगेको जनाईएको छ । बाबुराम नेतृत्वको नवगठित नेकपा समाजवादी पार्टीले माओवादी केन्द्रको चिन्ह लिएर चुनाव लड्ने भएको छ ।

चुनावअघि नै बाबुरामलाई माओवादीमा फर्कनको लागि ठूलो दबाब छ । तर, भट्टराईले भने अहिले फर्कन नसकिने भन्दै चुनावपछि पार्टी एकता गरेर जान सकिने धारणा राख्दै आएका छन् ।

माओवादी छोडेको ७ वर्षपछि प्रचण्ड र बाबुरामबीच आगामी निर्वाचनलाई केन्द्रमा राखेर सहकार्य हुँदैछ । बाबुराम गोरखाबाटै चुनाव लड्ने भएका छन् । प्रचण्डले पछिल्ला सार्वजनिक कार्यक्रममार्फत भट्टराईलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१