काँग्रेसले छाड्न नमानेका यी चुनावी क्षेत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७९, आईतवार ०५:५३

काठमाडौं । नेपाली काँग्रेसले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरुबाट साझा उम्मेदवार तय गर्दा कम्तिमा ९० सिटको अडान छाडेको छैन । काँग्रेसभित्र ८५ देखि ९० सिटमा चुनाव लड्नेहरुको सूची पनि लगभग तय भइसकेको बुझिएको छ ।

काँग्रेसका लागि केही चुनावी क्षेत्र निकै महत्वपूर्ण छन् । ती क्षेत्र उसलाई छाड्नु चुनावी धक्का लाग्नु जत्तिकै हुनसक्छ । काँग्रेसका प्रभावशाली नेताहरुले चुनावी क्षेत्र बनाएका ठाउँहरुमा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीको दाबी छ ।

काँग्रेसले तनहुँ १, झापा १ र सिन्धुपाल्चोक १ निर्वाचन क्षेत्रलाई महत्व दिएको छ । यी क्षेत्रमध्ये झापा र सिन्धुपाल्चोकका निर्वाचन क्षेत्रबाट २०७४ को चुनावमा माओवादी जितेको थियो । तनहुँ १ बाट तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठले जितेका थिए । तनहुँ १ मा काँग्रेस नेता रामचन्द्र पौडेलको दाबी छ ।

झापा १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दाबी छ । त्यहाँ माओवादीबाट राम कार्कीले जितेका थिए । सिन्धुपाल्चोक १ मा मोहनबहादुर बस्नेतले अडान कसेका छन् । बस्नेत देउवानिकट मानिन्छन् । उक्त क्षेत्र सभामुख अग्नि सापेकोटाले तीनपटक चुनाव जितिसकेको क्षेत्र हो ।

माओवादीले २०७४ को चुनाव जितेको सोलुखम्बु, ललितपुर ३, जाजरकोट, कालिकोट, गोरखा १, नुवाकोट १ मा काँग्रेसले दाबी गरेको छ ।

डोटी १ मा नेकपा एसका बहालवाला सांसद प्रेमबहादुर आले रहेपनि काँग्रेसले वीरबहादुर बलायरका लागि दाबी गरिरहेको छ । रौतहट १ मा माधव नेपाललाई छाडेको खण्डमा काँग्रेसले काठमाडौं २ मा दाबी गर्ने गरी कुरा राखेको बुझिएको छ । दाङ १ र ३ मध्ये कुनै एकमा काँग्रेसको दाबी छ ।

यसैगरी, जसपाका बहालवाला सांसद रहेका बारा, सर्लाही, रौतहटलगायत तराईका जिल्लाहरुमा काँग्रेसले दाबी छाडेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१