समितिले सभामुख सापकोटालाई बुझायो प्रतिवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७९, आईतवार ०५:४८

काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनुपर्ने भन्दै समितिले सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिश गर्दै प्रतिवेदन बुझाएको छ ।

आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले समितिले आज राति सबा १० बजे नै सभामुख सापकोटासमक्ष प्रतिवेदन बुझाएको हो । समितिका बहुमत सदस्यहरुले जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार पेश गरेको छ ।

 

सभामुख सापकोटाको सचिवालयले भनेको छ-

२०७८ साल फागुन २२ गते आइतबार नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित ११ सदस्यीय महाभियोग सिफारिस समितिले आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई आज छानबिन प्रतिवेदन बुझाएको छ ।
२०७९ साउन २२ गतेको प्रतिनिधि सभा बैठकमा मा० देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथिको छलफल भएको थियो भने सोही दिन उक्त महाभियोगको प्रस्तावलाई नियमावलीको नियम १६२ बमोजिम गठित महाभियोग सिफारिस समितिमा पठाइएको थियो ।
मिति २०७९ असोज १ गते, संघीय संसद सचिवालय सिंहदरबार ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१