१० लाख पुरस्कार राशीको दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिपको उद्घाटन समारोह भब्य रुपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७९, आईतवार ०६:३०

काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिपको भब्य रुपमा उद्घाटन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वरको मेयर दिपक रिसाल ,पुर्व मेयर सन्तोष चालिसे ,संजय लामा ,लगाएतको उपस्थितिमा उद्घाटन भएको थियो। कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख रिसालले सम्पूर्ण खेलाडीलाई  सफलताको सुभकामना ब्यक्त गर्नुभएको थियो ।

असोज  १  देखि असोज २९   गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशीको हो  ।

प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी भएको छ  । खेलाडी छनोट, दर्ता, निर्णायकहरुको प्रवन्ध सबै नेपाल स्नुकर तथा पूल संघले गरेको  संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताउनुभयो ।

१४७ ब्रेक प्वाइन्ट ल्याए १० लाख पुरस्कार

स्नुकर खेलमा १४७ ब्रेक प्वाइन्ट सबैभन्दा धेरै हो । १५ रातो र १५ कालो बल लगातार होलमा छिराएर त्यति अंक ल्याउनु अविश्वसनीय मानिन्छ । त्यसैलै आश्चर्यजनक नतिजा निकाल्नेलाई १० लाख रुपैयाँको आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विश्वस्तरमा पनि यो सफलता सीमित खेलाडीले मात्र पाएका छन् ।

संघका अध्यक्ष मुल्मीका अनुसार अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले १४७ ब्रेक प्वाइन्ट ल्याउन सकेका छैनन् ।  त्यसैगरी सेन्चुरी ब्रेक अर्थात १०० भन्दा बढी ब्रेकप्वाइन्ट ल्याउने खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा ८० भन्दा बढी ब्रेक प्वाइन्ट ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, राइजिङ खेलाडी र अनुशासित खेलाडीलाई जनही ११ हजार तथा क्वाटरफाइनलमा पुग्ने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१