सुन्दरी बन्न सर्जरीको सहारा लिने सेलिब्रिटी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७९, शनिबार ०४:५८

मान्छे असन्तुष्ट प्राणी हो, त्यसै भनिएको होइन । बलिउड र हलिउडमा तहल्का मच्चाइसकेका केही सुन्दरीहरुले आफ्नो प्राकृतिक सौन्दर्यमा चित्र बुझाउन सकेनन् र थप सुन्दरी हुन चिकित्सा बिज्ञानको सहारा लिए । सर्जरीले थप सुन्दरी भएका केही हिरोइनहरु यसप्रकार छन् ।

प्रियंका चोपडा
प्रियंका चोपडाले नाक र ओठमा प्लास्टिक सर्जरी गराएकी छिन् । त्यसअघि उनको ओठ चिरिएजस्तो थियो भने नाक पनि त्यति मिलेको थिएन ।

कंगना रनोट
फिल्मी क्षेत्रमा प्रवेश गर्दाका सुरुका दिनमा अभिनेत्री कंगना रनोटको ओठ बारुलाले चिलेर सुन्निएजस्तो र भद्दा थियो । उनले ओठको प्लास्टिक सर्जरी गराइन् । उनले ब्रेस्ट इम्प्लान्टसमेत गराएकी छिन् । पहिले उनका स्तन साना थिए ।

राखी सावन्त
आफ्नो शरीरमा थरीथरी प्रयोग गर्ने सवालमा बलिउडकी नर्तकी राखी सावन्त अगाडि थिइन् । उनले स्तन प्रत्यारोपण गराएकी थिइन् । प्लास्टिक सर्जरीमार्फत चिउँडो, नाक आदि आकर्षक बनाएकी थिइन् । स्वास्थ्यमा नकारात्मक असर परेपछि उनले उनले इम्प्लान्टजति सबै निकालेकी छिन् ।

सुष्मिता सेन
बलिउडमा इम्प्लान्ट गरेर स्तन आकर्षक बनाउने पहिलो पात्र हुन्, सुष्मिता सेन । सन् १९९४ मा मिस युनिभर्स भएकी उनले त्यसअघि नै ब्रेस्ट इम्प्लान्ट गरेर आफूलाई सेक्सी लुक दिलाएकी थिइन् । साथै उनले नाकमा समेत इम्प्लान्ट गरेर यसलाई आकर्षक बनाएकी हुन्।

बिपाशा बसु
बिपाशा बसुको शरीर कसिलो खालको छ । उनको स्तन अझ कसिलो छ । इम्प्लान्टमार्फत उनले आफ्नो स्तनलाई यस्तो आकर्षक बनाएकी हुन् ।

आइसा टाकिया
अभिनेत्री आइसा टाकियाको आकर्षक स्तनको बलिउड वृत्तमा चर्चा हुने गथ्र्यो । शरीर दुब्लो,पातलो भए पनि उनको स्तन ठूला र कसिला थिए । इम्प्लान्ट गरेर उनले स्तनलाई यसरी आकर्षक बनाएकी थिइन् । स्लिम शरीरमा ठूलो स्तनले उनको स्वास्थ्यलाई हानि ग¥यो। त्यसैले उनले इम्प्लान्ट गरेको स्तन झिकेर यसलाई पूर्वावस्थामा ल्याइन् ।

मल्लिका सेरावत
अभिनेत्री मल्लिका सेरावतले सिलिकन इम्प्लान्ट गराएर आफ्ना स्तनलाई कसिलो बनाएकी छिन् । त्यसैले जुनसुकै पहिरन लगाउदा पनि उनी आकर्षक क्लिभेज देखियोस् भन्नेमा सचेत रहने गर्छिन् ।

श्रीदेवी
किशोरी भएपछि पनि अभिनेत्री श्रीदेवीको स्तन आकर्षक देखिनेगरी ठूलो थिएन । उनको स्तन ब्राभित्रै कतै हराएजस्तो लाग्थ्यो । तर, इम्प्लान्ट गरेपछि उनी आकर्षक स्तन भएका बलिउडकर्मीको सूचिमा परिन् ।

सन्नी लियोन
पोर्न फिल्मको करिअरमा सफलताको शिखर चुमेका बेला अभिनेत्री सन्नी लियोनले इम्प्लान्ट गरेर स्तनको आकार बढाउने र यसलाई कसिलो बनाउने काम गरेकी थिइन् । यो सन् २००७ तिरको कुरा हो । त्यसयता बलिउडमा आएपछि पनि उनको आकर्षक स्तनको तारिफ हुने गरेको छ ।

पामेला एन्डर्सन
हलिउडमा सबैभन्दा ‘हेभी’ स्तन भएकी अभिनेत्रीमा गनिन्छिन्, पामेला । मोडलिङबाट अभिनय क्षेत्रमा फाल हानेकी पामेलाले स्तन इम्प्लान्ट गरेकी छिन् । दुई पटक प्लेब्वाई म्यागजिनका लागि फोटो देखाएपछि उनलाई आफ्नो कामुकता पर्याप्त लागेन । त्यसपछि उनले इम्प्लान्ट गरेर ब्रेस्टको आकार बढाइन् ।

 

लिल किम
¥यापर तथा गीतकार लिल किमले सन् १९९५ मा पहिलो सोलो एल्बम निकालेपछि नाक तथा स्तनको आकार बदलेकी थिइन् । नाक टुपुक्क परेको मिलेको बनाउन र स्तनको आकार बढाएर यसलाई कसिलो बनाउन उनले इम्प्लान्ट गरेकी थिइन् । चार फिट ११ इन्च अग्ली किमले आवश्यक भन्दा बढी ठूलो स्तन बनाएर आफूलाई भद्दा देखाएको भन्दै उनको मजाक उडाइने गरेको छ ।

ब्रिट्नी स्पेयर्स
बेलायती पपगायिका ब्रिट्नीले पटक–पटक प्लास्टिक सर्जरी गराइसकेकी छिन् । किशोरावस्थामै उनले स्तनको प्लास्टिक सर्जरी गराएकी थिइन् । ब्रेस्ट इम्प्लान्ट गर्न उनलाई आमाको अनुमतिसमेत मिलेको थियो । पछि आफ्नो स्तन प्राकृतिक रूपमै बढेपछि उनले बेकार इम्प्लान्ट गरिएछ भनेर दुखेसो पोखेकी थिइन् ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१