डेंगु रोग विरुद्ध जनचेतना जगाउदै कागेश्वरी मनोहरा नगरपालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७९, बिहीबार ०५:२७

काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा डेंगु रोगविरुद्ध जन-चेतनामूलक कार्यक्रम गरिएको छ ।नगरपालिका र नेपाल रेडक्रसको संयुक्त आयोजनामा ९ वटै वडाका पहिलो चरणको जन-चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले योजना बनाएरै नगरका टोल-टोल र चोकमा पुगेर जन-चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने अभियान शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगीले जानकारी दिएका छन ।

जसअनुसार पहिलो दिन ७/८/९, वडामा दोश्रो दिन ४/५/६ वडामा र तेश्रो दिन १/२/३ वडामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । डेंगुबाट काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित छ  ।डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सजगता अपनाउन नगरबासी हरुलाई कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले अनुरोध समेत गरेका छन । प्रमुख कार्कीले हाल नगरपालिका क्षेत्र भित्रका अस्पताल र स्वास्थ्य संस्थाहरुमा डेंगु ज्वरोका संक्रमितहरु बढ्दो क्रममा रहेको जानकारी प्राप्त भएको र उक्त रोग एडीज जातको पोथी लामखुट्टेको टोकाई बाट सर्ने भएको हुँदा संक्रमण बाट बच्न लामखुट्टेको टोकाई बाट बच्न समेत अनुरोध गरेका छन ।डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्न अनुरोध गर्दै डेंगु रोगको रोकथामका लागि कागेश्वरी मनोहरा नगरपालिका बाट पनि सार्वजनिक सुचना मार्फत पनि स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाउनको लागि बिभिन्न सुचना जारी गरेको हुँदा सोहि अनुरुप स्वास्थ्य सुरक्षाका साबधानी अपनाउन पनि अनुरोध गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१