सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिश समितिमा नजाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७९, बिहीबार ०५:१९

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पोलेका न्यायाधीशहरुलाई महाभियोग सिफारिश समितिले बयानका लागि बोलाएपनि नजाने भएका छन् । सर्वोच्चको फूल कोर्ट बैठकले कुनैपनि न्यायाधीश नजाने निर्णय लिएको हो ।

जबराले समितिमा बयानका क्रममा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीका अलावा न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई, ईश्वरीप्रसाद खतिवडा, प्रकाशकुमार राउतका सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए । त्यसबारे उनीहरुलाई बयानका लागि बोलाएको थियो ।

यसैगरी, जबरामाथिको महाभियोगका सम्बन्धमा बहस चलेको छ । प्रतिनिधि सभाको अवधि सकिएपछि महाभियोगबारे के हुने हो भन्ने बहस चलेको हो । एउटा पक्ष महाभियोग टुंगो नपुगुञ्जेल जबरा सर्वोच्च फर्कन नपाउने जिकिर गरिरहेको छ । अर्कोपक्ष, जबरामाथिको महाभियोग स्वतः असफल हुने तर्क गर्न थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१