गठबन्धनमा महन्थलाई भित्र्याउने देउवाको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७९, बिहीबार ०५:१२

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउनेगरि तयारी थालेका छन् । देउवाले बरु गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीलाई गठबन्धनबाट बाहिर पठाउन चाहेका छन् ।

जसपा र लोसपाबीच मधेशमा तिव्र प्रतिष्पर्धा छ । अहिले गठबन्धनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले २५ सिटको अडान लिएका छन् । तर, गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रले भने कुनैपनि हालतमा १० सिटभन्दा बढि नदिने अडान लिएका छन् । यादवले पनि २५ सिट नदिए अलग हुने चेतावनी दिईसकेका छन् ।

यादव पछिल्लो समय एमालेसँग सहकार्य गर्ने मुडमा पुगेका छन् । यादवको रणनीति पहिल्याएका प्रधानमन्त्री देउवाले पछिल्लो समय यादवलाई भन्दापनि लोसपाका अध्यक्ष ठाकुरलाई बढि महत्व दिन थालेका छन् । गठबन्धनमा नरहँदापनि देउवाले लोसपालाई आगामी निर्वाचनमा ३ सिट दिनेगरि पार्टीभित्रबाट आन्तरिक निर्णय गराईसकेको स्रोतको दाबी छ ।

उनले लोसपाका अध्यक्ष ठाकुरसहित नेताहरु शरदसिंह भण्डारी र राजेन्द्र महतोलाई जिताउने वचन दिएका छन् । यसको पुष्टि धनुषा ३ बाट चुनाव लड्न लागेका राजेन्द्र महतोको क्षेत्रमा कांग्रेसले हेभिवेट उम्मेदवार सिफारिश नगरेसँगै हुन्छ ।

विमलेन्द्र निधिले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । धनुषा-३ मा यसपटक लोसपाका महतो र एमालेकी नेतृ जुलीकुमारी महतोबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१