डेंगु संक्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन गोकर्णेश्वर नगर प्रमुख रिसालको अनुरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७९, बुधबार ०५:५९

काठमाडौँ । डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन नगरबासी हरुलाई गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले अनुरोध गरेका छन ।

प्रमुख रिसालले हाल गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्रका अस्पताल र स्वास्थ्य संस्थाहरुमा डेंगु ज्वरोका संक्रमितहरु बढ्दो क्रममा रहेको जानकारी प्राप्त भएको हुँदा एडीस जातको पोथी लामखुट्टेको टोकाई बाट डेंगु रोगको संक्रमण बाट बच्न आ आफ्नो घर र वरपर रहेका खाली बट्टा अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु गमला पुराना टायरहरु लगायतमा पानी जम्न नदिने पानी जमेका पोखरी तथा खाल्डाहरुमा हप्तामा दुइ पटक मोबिल वा मट्टीतेल छर्कने ,खानेपानी ट्यांकीलाइ ढाकेर राख्ने र पुरा बाहुला भएका शरीर ढाक्ने कपडाहरु लगाउने तथा घर परिसर र ब्यक्तिगत सर्सफैमा बिशेष ध्यान दिइ स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन उनले बिशेष अनुरोध गरेका छन ।

साथै उनले डेंगु रोगको रोकथामका लागि गोकर्णेश्वर नगरपालिका बाट पनि सार्वजनिक सुचना मार्फत पनि स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाउनको लागि बिभिन्न सुचना जारी गरेको हुँदा सोहि अनुरुप स्वास्थ्य सुरक्षाका साबधानी अपनाउन पनि अनुरोध गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१