सामसुङ ‘नोट-४’ सार्वजनिक, मूल्य ८६ हजार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ कार्तिक २०७१, शनिबार ०४:५५
काठमाडौं,१ कार्तिक  । प्रख्यात कोरियन स्मार्टफोन निर्माता सामसुङको ग्यालेक्सी नोट-४ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले भव्य समारोहबीच बिहीबार साँझ हायत होटलमा ‘नोट-४’ सार्वजनिक गर्‍यो ।
नेपाली बजारमा यसको मूल्य ८५ हजार ९ सय रुपैयाँ तोकिएको छ । सामसुङका स्मार्टफोन नेपाली ग्राहकमाझ लोकपि्रय रहँदै आएको छ । ग्यालेक्सी ‘नोट-४’ पनि ग्राहकहरुले रुचाउने विश्वास आइएमएसले व्यक्त गरेको छ ।

यसभन्दा अगाडी नेपालमा सन् २०११ मा ग्यालेक्सी नोट, २०१२ मा नोट-२, सन् २०१३ मा नोट-३ भित्रिएको थियो ।
‘नोट-४’ मा आकर्षक डिजाइनका साथसाथै नयाँ तथा अत्याधुनिक उपयोगी विशेषताहरु थपिएका छन् । विदेशी सञ्चारमाध्यमहरुले ‘नोट-४’ र केही दिन अगाडी सार्वजनिक गरिएको एप्पलको ‘आइफोन-६’ बिचमा कडा प्रतिस्पर्धा हुने समचारहरु प्रकाशित गरिरहेका छन् ।
samsung-Gyalexy-note-9
आकर्षक डिजाइन
आकर्षक मेटल फ्रेम र फ्ल्युड कर्भेचरसहित आएको ‘नोट-४’ मा माबलियो २.५ डि ग्लास प्रयोग गरिएको छ । साथै, यसको पछाडीको बनावटले राम्रो पकड र अत्याधिक नियन्त्रण दिनेछ ।
जीवन्त तस्वीरको अनुभव
नोट-४ मा रहेको ५.७ इन्चको क्वाड एचडी सुपर एमोलेड डिस्प्लेले यसमा रहेका तस्वीरहरु हेर्दा, वेब चलाउँदा, र इ-बुकहरु पढ्दा उत्कृष्ट अनुभव दिने दाबी कम्पनीले गरेको छ ।
सजिलो मल्टि-टस्किङ
यस स्मार्टफोनमा एउटै स्क्रिनमा धेरै एप्लिकेशन एकैपट सजिलैसँग चलाउन सकिन्छ । जसले गर्दा प्रयोगकर्तालाई सहज अनुभव हुने छ ।
samsung-Gyalexy-note-4-final-7
स्पष्ट तस्वीर तथा वाइड सेल्फीमोड
नोट-४ मा पछाडी १६ मेगापिक्सेल र अगाडी ३.७ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसले गर्दा स्पष्ट र जीवन्त तस्वीरहरु खिच्न सकिन्छ ।
ब्याक क्यामेराको ठूलो ९० डिग्रीको एङ्गलले धेरै साथीहरुसँग मिलेर कसैलाई नछुटाइ सेल्फीलिन मिल्छ । साथै, क्यामेरालाई दायाँबाट बायाँ सार्दा १२० डिग्रीसम्म एङ्गल हुन्छ र प्यानारोमा सेल्फीलिन पनि सकिन्छ ।
आधुनिक रेकर्डिङ तकनिक
तीनवटा माइक्रोफोनको मद्दतले ८ विभिन्न दिशाबाट आवाज रेकर्ड गरी चाहेको दिशाको रेकर्डिङ छानेर सुन्न सकिन्छ ।
साथै, इन्टरभ्यू मोडमा कुनै एक ठाउँबाट आएको आवाजलाई अन्य अनावश्यक आवाजहरु क्यान्सल गरी रेकर्ड गर्न पनि सकिन्छ । जसले गर्दा हल्लाखल्लाको बिचमा पनि आफुलाई चाहिएको आवाजमात्र सहजै रेकर्ड गरेर सुन्न सकिने छ ।
samsung-Gyalexy-note-4
विकशीत एस पेन
नोट-४ मा भएको अझ विकसित एस पेनले वास्तविक पेनको अनुभव दिलाउने कम्पनीले दाबी गरेको छ । साथै, अझ सुधारिएको प्रसेसर संवेदनशीलताले अझ राम्रो डिजिटल अक्षर प्रदान गर्नेछ ।
सजिलै अक्षर वा सामग्री सेलेक्ट गर्न सकिने
कम्प्युटरको माउस जतिकै सटीकता भएको एस पेनबाट म्यासेज स्त्रिmन वा कुनै पनि एपबाट सजिलै सेलेक्ट गर्न सकिन्छ ।
फोटो नयाँ तरिकाले टिपोट गर्न मिल्ने
फोटो खिचेर फोटो नोटको माध्यमबाट एनालगलाई डिजिटलमा परिवर्तन गर्न मिल्नेछ । टिपोट गरिएको कुरा त्यसछि एस पेनले सजिलै सम्पादन गर्न सकिन्छ ।
न्यूनतम चार्जिङ समय
शून्यदेखि ५० प्रतिशत चार्ज पुग्न (साधारणतया ५५ मिनेट लाग्ने प्रकृया) केवल ३० मिनेटमात्र लाग्ने छ । साथै, एकदमै कम चार्ज भएमा अल्ट्रा पावर सेभिङ मोडबाट ब्याट्रि लाइफ लम्ब्याउन मिल्छ ।
samsung-Gyalexy-note-4-final-10
अझ विकसित एस गियर
मोबाइलबीना नै एस गियरबाट फोन गर्न, रिसिभ गर्न र मेसेज पठाउन सकिन्छ । भिडभाडमा रहेका बेला फोन उठाउन र स्कर्ट लगाएका लेडिजहरुलाई एस गियरले ठूलो लाभ दिन सक्नेछ ।
तीन कलर
सामसङ ग्यालेक्सी नाेट-४ विभिन्न तीन कलरमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार व्हाइट, ब्ल्याक र गोल्ड कलरमा नोट-४ उपलब्ध छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१