राष्ट्रपति भण्डारीद्वारा विभिन्न पाँच विद्येयक प्रमाणीकरण, नागरिकता विद्येयक कहिले हुन्छ प्रमाणिकरण ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७९, बुधबार ०५:२१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच विधेयक प्रमाणीकरण गरेकी छिन्।

आज (मंगलबार) विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले सोबारे जानकारी गराएको हो ।

संसद्को दुवै सदनले यसअघि प्रमाणीकरणका लागि पठाएको नागरिकता विद्येयक भने प्रमाणीकरण भएको छैन् ।

सो विद्येयक प्रमाणीकरणको लागि अब एक साताको समय छ । यसअघि भदौ २० गते सो विद्येयक प्रमाणीकरणको लागि राष्ट्रपतिकहाँ पठाएको छ ।

राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेका विद्येयकमा तथ्यांकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१