करूणा हस्पिटलमा निःशुल्क हेमाेडायलाेसिस सेवा सुरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७९, मंगलवार ०५:५५

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेकाे करूणा हस्पिटलमा निःशुल्क हेमाेडायलाेसिस सेवा सुरू भएकाे छ । किड्नीका विरामीहरुलाइ सहज र आफ्नै गाउँमा सेवा पुगाेस् भन्ने हेतुले भएकाे प्रयास स्वरूप १० वटा डायलाेसिस मेसिनबाट करूणा हस्पिटलमा राखेर सेवा सन्चालन गर्न थालिएकाे हो  ।

मायादया क्लिनिक र सांसद गगन थापाकाे प्रयासमा सुरू भएकाे डायलाेसिस सेवा बुढानिलकण्ठवासीहरूमा लक्षीत रहेकाे छ । बुढानिलकण्ठवासी किड्नीका राेगी जसलाइ डायलाेसिस आवश्यक छ तिनीहरूलाइ मायादया क्लिनिकले करूणा हस्पिटलमा निःशुल्क डायलाेसिस सेवा प्रदान गर्नेछ ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा दिएर काम गरिरहेकाे करूणा हस्पिटलमा आज एक औपचारिक कार्यक्रम गरेर डायलाेसिस सेवा सुरूवात गरिएकेा हाे । डायलाेसिस सेवाकाे सुरूवात सांसद तथा नेका महामन्त्री गगन थापा र मायादया क्लिनिकका अध्यक्ष साङ्गे तेन्जिङ् शेर्पाले संयुक्तरूपमा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१