ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल( टान) कार्यसमितिले पायो पूर्णता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७९, मंगलवार ०५:४१

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल( टान)को कार्यसमितिले पूर्णता पाएको छ। टानको नयाँ कार्यसमितिको  बैठकले सदस्य मनोनयन गरी कार्यसमितिलाइ पूर्णता दिएको हो ।

टानको मनोनीत सदस्यमा रमेश पाण्डे , हेम बहादुर कार्की ,पुरुषोत्तम रिमाल, गगन राज न्यौपाने ,बुद्ध कुमारी अधिकारी र सुनिल सिलवाल रहेका छन्।

यसअघि श्रावण ३० गते भएको निर्वाचनमा टानले निलहरी बास्तोलासहितको १७ सदस्यीय कार्यसमिति पाइसकेको छ। पहिलो बैठक मै कार्यसमिति सदस्य चयन गरेर टानको नयाँ टिमले टानप्रति उत्तरदायी रहेको र बोलीमा भन्दा काममा जोड दिने सङ्केत गरेको छ।

पहिलो बैठकले आगामी दिनमा गरिने कार्यको योजना बनाइएको र सोही उपर छलफल गरिएको अध्यक्ष निलहरी बास्तोलाले बताएका छन्। ” कोरोना कहरबाट उठ्न खोजिरहेका सम्पूर्ण व्यवसायीलाई ऊर्जाशील बनाउने गरी हाम्रो टिम आएको छ र हाम्रो टिमले काम गर्न पनि सुरु गरिसकेको छ ” बास्तोलाले भने।

टानको नवनिर्वाचित कार्यसमितिबाट ट्रेकिङ व्यवसायीहरूले यसपटक ठुलो आशा गरेका छन् । विगतका दिनमा टान भएको नभएको महसुस गर्न नपाएका सदस्यहरूले अब भने व्यवसायीको अभिभावक संस्था छ है भन्ने भान हुने गरी कार्य गर्ने अठोट गरेको अध्यक्ष बास्तोलाले बताएका छन्।

” यतिन्जेल संस्थाबाट सदस्यहरूले जे जति पाए हामी त्यता जाँदैनौ तर अब हामीले व्यवसायी र पर्वतीय पर्यटनका क्षेत्रमा गर्नुपर्ने र हुन नसकेका कामलाई लिस्ट नै बनाएर कार्य गर्न सुरु गरिसकेका छौँ ” उनले भने।

टानको हरेक कार्यमा ऐक्यबद्धता भएर काम गर्ने सम्पूर्ण नयाँ कार्यसमितिले प्रतिबद्धता समेत जाहेर गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१