गोकर्णेश्वर वडा नं ५ र ६ ले जारी गर्यो मापदण्ड बिपरतका कार्य नगर्न जारी गर्यो सार्वजनिक सुचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७९, सोमबार ०५:२३

काठमाडौं  । गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ले खाली गर्ने गराउने सम्बन्धी संयुक्त रुपमा सार्वजनिक सुचना जारी गरेको छ। भाद्र २२ गते गोकर्णेश्वर नगरपालिका वडा नं ५का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामाले संयुक्त रुपमा सार्वजनिक सुचना जारि गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ क्षेत्र भित्र आफ्नो घर टहरा पसल कवल र सटर भन्दा बाहिर निकाल्ने फुटपाथमा पसल राख्ने, सिडीमा पसल राख्ने र छत बाट पाइप हाली पानी बाटोमा झार्ने जस्ता कार्यहरु वातावरण प्रतिकुल र मापदण्ड बिपरित हुने भएकोले यस्ता कार्यहरु सार्वजनिक सुचना जारी भएको मितिले ७ दिन भित्र खालि गर्न तथा हटाउन अनुरोध गरिएको छ ।

 

सुचना गरे पश्चात पनि अटेर गरि हटाउने तथा खाली गर्ने कार्य नगरेमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कारवाही तथा जरिवाना गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१