आयोजक एड्भान्सक्लब र खादबारी युथ फाईनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ आश्विन २०७१, शुक्रबार १९:१०

maidan (1)योगी योगेन्द्र/ संखुवासभा,३१असोज । जिल्लाको मानेभन्ज्याङ्गमा जारी छैठौं अरुण भ्याली रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा आयोजक एडभान्स र खादबारी युथ फाईनलमा पुगेका छन् । लोहरुङ युथ क्लबलाई १–० गोलले हराउदै खादबारी युथ फाईनलमा प्रबेश गरेको हो । आयोजक एड्भान्सक्लबले न्यू सनसाईनलाई ४–० गोलले हराएर फाईनलमा प्रबेश गरेको हो । भोली हुने फाईनल खेलमा आयोजक एड्भान्स क्लबले खादबारी युथ संग प्रतिस्पर्धा गर्ने छ भने न्यू सनसाइनर लोहरुङ युथ तेश्रो स्थानका लागि भिड्ने आयोजक समितिका एक सदश्यले बताए।  खेलमा प्रथम हुनेले १ लाख र दोश्रो हुनेले ५० हजार नगद सहित मेडल र प्रमाण प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१