समानुपातिकतर्फको बन्दसूची २ र ३ असोजमा बुझाउनुपर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७९, सोमबार ०४:४६

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको प्रतिष्पर्धामा सहभागी हुन चाहने दलहरुले असोज २ र ३ गतेभित्र बन्दसूची बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्तिमार्फत् समानुपातिकतर्फको बन्दसूची बुझाउने मितिबारे जानकारी दिएको हो ।

दलहरुले बुझाएको बन्दसूची छानविन गरी आवश्यकता अनुसार सच्याउन ४ असोज देखि ९ असोजसम्म तय गरिएको छ । संशोधन गरी पेश गर्ने मिति १० असोज देखि १६ असोजसम्म निर्धारण गरिएको आयोगले जनाएको छ ।

समानुपातिकतर्फको बन्दसूची पेश गर्दा महिला, दलित, जनजाति, पिछडिएको वर्ग, मुस्लिम, मधेशीलगायतको प्रतिशत समेत सुनिश्चित गरी गर्नुपर्ने निर्देशिका जारी भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१