समानुपातिक मतपत्रको छपाइ आजदेखि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७९, आईतवार ०५:३२

काठमाडौं । निर्वाचन आयोगले आज शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ ।

आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छा प्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिए ।

आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदैछन् । आयोगले भदौ २१ गतेबाट नमुना मतपत्र छाप्न सुरु गरेको हो । देशभरिका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१