सत्ता गठबन्धनमा माधव र उपेन्द्र मिलाउने जिम्मा प्रचण्डलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७९, आईतवार ०५:२८

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति हुन सकेको छैन् । गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले बढि नै सिटमा दाबी गरेपछि सिट बाँडफाँट टुँगोमा नपुगेको बुझिएको छ ।

तर, गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मिलाउने जिम्मा गठबन्धनको अर्को मुख्य घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् ।

कांग्रेसले प्रतिनिधिसभाका प्रत्यक्षतर्फको १६५ सिटमा १०० सिटमा दाबी गरेको छ । तर, सभापति देउवाले भने गठबन्धनलाई साथमै लिएर जानको लागि ९० सिटसम्म सहमति गर्न सकिने प्रस्ताव राखेका छन् ।

माधव नेपालले भने कांग्रेसलाई ७० भन्दा बढि सिट दिन नहुने अडान राखेका छन् । पछिल्ला बैठकमा सहमति जुट्न नसकेपछि माधव र उपेन्द्रलाई मिलाउने जिम्मा देउवाले प्रचण्डलाई दिएका छन् ।

गठबन्धनका अन्य दलले कांग्रेसलाई एकल बहुमत आउन नदिनेगरि सिट संख्यामा बार्गेनिङ गरेको भन्ने आरोप छ । देउवाले भोलिसम्म सिटको सहमति टुँगो लगाउनुपर्ने भन्दै सोहीअनुसार समझदारी कायम गर्न दाहालसमक्ष आग्रह गरेको बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१