दार्चुला पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, अझै ७ वेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७९, आईतवार ०५:२५

काठमाडौं । दार्चुलामा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । नौगाड गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको शव फेला परेको हो ।

शव फेला परेकाहरुमा ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना, ६८ वर्षीय मोहनराम पार्की, ७७ वर्षीय नन्दराम बोहरा र ४३ वर्षीया मानमती कार्की छन् ।

पहिरोले सल्लाका ८ घर पुरिएका छन् । स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएको अवस्थामा उद्धार गरिएको छ ।
दार्चुलाको खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुगेको छ । १८ भन्दा बढी घर बगेका छन् । एकै घरका ४ सहित ७ जना वेपत्ता छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१