बालेनको निर्देशनमा महानगरको पत्र सेना र प्रहरीमा पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७९, शुक्रबार ०५:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धमाधम कर तिर्न ताकेता गर्न थालेका छन् । उनको निर्देशनमा आज काठमाडौं महानगरपालिकाको राजस्व विभागमार्फत् नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्र लेख्न लगाएका छन् ।

महानगरपालिकाको क्षेत्रभित्र बहाल लगाएर आम्दानी गरेको भन्दै कर तिर्न सेना, प्रहरी र समाज कल्याण परिषद्को निकायलाई पत्राचार गरिएको छ । पत्रमा १० दिनभित्र कर तिर्न भनिएको छ ।

यसअघि महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न संस्थालाई कर तिर्न पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१