गोकर्णेश्वर नगरपालिकाको सडक व्यवस्थित गर्ने अभियानमा नगरप्रमुख रिसाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७९, बिहीबार ०५:३७

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले सडक व्यवस्थित गर्नको लागि अभियान शुरु गरेको छ ।सोहि अभियान अन्तरगत आज नगर प्रमुख दिपक कुमार रिसाल सहितको टोलि द्वारा जोरपाटी चोक देखि दक्षिण ढोका त्यसै गरि जोरपाटी देखि गोकर्ण सम्मका सडक लाइ व्यवस्थित गर्नको लागि उक्त क्षेत्रको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अव्यवस्थित पसल, होर्डिङ बोर्ड, केवल तारलाइ हटाउन नगरपालिकाले निर्देशन दिनुको साथै सार्वजनिक यातायातका सवारी साधानलाइ लागि व्यवस्थित गर्नको लागि निश्चित ठाउमा मात्र सार्वजनिक यातायातका साधन रोकी यात्रु ओराल्ने र चढाउने काम गर्नको लागि सरोकारवालाहरुलाई अनुरोध गरिएको थियो ।

त्यसैगरि नगरपालिकाको सौन्दर्यकरणका लागि सडक छेउमा खाली रहेको सार्वजनिक जग्गामा पार्क र आवश्यकता हेरी सार्वजनिक शौचालय निर्माण गर्नको लागि पनि नगरपालिकाले पहल गर्ने नगर प्रमुख रिसालले जानकारी दिएका छन ।अनुगमनमा नगर प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा सहित वडा अध्यक्षहरु, वडा सदस्यहरू ट्राफिक प्रहरी, नगरप्रहरी सहित स्थानीयको उपस्थिति रहेको थियो ।पहिलो चरणमा उक्त क्षेत्रलाइ व्यवस्थित गर्नको लागि अनुरोध गरिएको र अनुरोध गर्दा पनि नमानेमा नगरपालिकाले नियम विपरीत गरेका कार्यमा हस्तक्षेप गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाइने पनि नगर प्रमुख रिसालले जानकारी दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१