प्रधानमन्त्री देउवाको गाडीलाई इमर्जेन्सी लाइट बालेर एक कारले ओभरटेक गर्न खोजेपछि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७९, बिहीबार ०५:३१

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवा सवार गाडीलाई एक निजी कारले इमर्जेन्सी लाइट बालेर अस्वाभाविक गतिविधि देखाएको छ ।

मंगलबार बेलुकी पुतलीसडकमा एक कार्यक्रम सकेर सेना र प्रहरीका स्कर्टिङसहित बालुवाटार निवास जान लाग्दा एक कारले इमर्जेन्सी लाइटसमेत बालेर ओभरटेक गर्न खोजेको थियो ।

ओभरटेक गर्न खोजेपछि सुरक्षाकर्मीले चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले भने , ‘प्रधानमन्त्रीको पछि हिँडेका गाडीहरुले पनि बालेका थिए, त्यसैले अगाडि जान पाइएला भनेर बालेको हुँ ।’

प्रधानमन्त्रीको सवारी प्रभावित तुल्याउन खोज्ने निजी गाडीका चालकको लाइसेन्स नम्बर टिपेर यत्तिकै छोडिएको थियो । निजले चालकले जाने क्रममा भने, ‘यदि म प्रधानमन्त्री भएको भए आफ्नो सवारीमा यस्तो लावालस्कर हटाउने पहिलो निर्णय गर्ने थिएँ ।’

सूर्य लाइफ इन्स्योरेन्समा काम गर्ने ती व्यक्ति प्रदीपकुमार लामा हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१