सरकारले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्नुपर्छ : एमाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७९, बिहीबार ०५:२७

काठमाडौं  । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारीको सरुवा गरेको भन्दै आपत्ती जनाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी भएका एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकूल हुने गरी सरुवा गर्ने काम भएको भन्दै आपत्ती जनाएका हुन् ।

चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न माग गर्दै भट्टराईले कामचलाउ सरकारको रुपमा रहेको सरकारले कर्मचारीको जथाभावी सरुवा गर्नु उचित नभएको बताए ।

उनले अबको निर्वाचनमा स्थानीय निर्वाचनमा जस्तै हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१