पल शाहलाई साढे २ वर्षको कैद सजाय, २५ हजार रुपैयाँ जरिमाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७९, बुधबार ०६:१६

चितवन। जिल्ला अदातल नवलपुरले अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिमाना सुनाएको छ। शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुराचार अभियोगको मुद्दामा उनलाई साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिमानाको फैसला सुनाएको हो ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतले जनाएको छ । गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दाअघि बढाएको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो।

पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए।

त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो। रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो।

रिसोर्टका सञ्चालकले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेका समेत उल्लेख थियो। पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१