बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले गर्यो अव्यवस्थित तारहरु हटाउन सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७९, बुधबार ०५:५४

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले अटेर गर्ने कम्पनीका केवल र इन्टरनेट तारहरु हटाउन सुरु गरेको छ। दुई पटक सूचना जारी गरेर आग्रह गर्दा पनि अटेर गरे पछी वडाले ढुंगेन चोक ( हाल तेन्जिङ चोक बाट विजुलीका खम्बामा रहेका तारहरु हटाउन सुरु गरेको हो।

वडा नं १२ का जनप्रतिनिधिहरुको उपस्थितिमा नगरपालिकाका नगर प्रहरीहरुले सो क्षेत्रका खम्बामा रहेका तारहरुको व्यवस्थापन सुरु गरेको हो।

पटक पटक सुचना जारी गर्दा पनि केवल र इन्टरनेटका तार प्रयोग गरेका कम्पनीहरुले अटेर गरेपछि वडाले यो अभियान सुरु गरेको बताउदै अध्यक्ष शम्भु भट्टराईले अन्य स्थानका खम्बाहरुको पनि तार व्यवस्थापन गरिने जानकारी दिएका छन।

विजुलीका खम्बाहरुमा रहेका अव्यवस्थित तारहरुका कारण सौन्दर्य र सुरक्षामा चुनौती भएकले सो अभियान सुरु गरेको जानकारी दिदै अध्यक्ष भट्टराईले वडामा अन्य अभियान र निर्माण सुचारु रहेको बताएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१