माधव नेपालले हैसियतभन्दा बढि दाबी गरेको भन्दै रामचन्द्र पौडेल फायर, कांग्रेस ९० सिटबाट तल नझर्ने अडान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७९, बुधबार ०५:२९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा आगामी निर्वाचनको लागि आफ्नो दल ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले सिट बाँडफाँडबारे आफ्नो पार्टीको यस्तो बटमलाईन सुनाएका हुन् ।

उनले भने-“हामी ९० सिटबाट अब एक सिटपनि तल झर्दैनौं । हामीले यसअघि १०० सिटमा दाबी गरेका थियौं ।” उनले गठबन्धनमा माधव नेपालले हैसियतभन्दा बढि नै सिटमा दाबी गरेको आरोप लगाए । माधव नेपालकै कारण सिट बाँडफाँडमा सहमति नभएको उनको आशय थियो ।

गठबन्धनमा आवद्ध दलहरु आफ्नो अडानबाट ब्याक नभएपछि सिटको भागबण्डा अझै टुँगिएको छैन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने भोलिसम्म सबै भागबण्डा टुँगोमा पुग्ने दाबी गरेका छन् । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले आधा लिने र बाँकी आधामा आफूहरु मिलेर लड्ने बताउँदै आएका छन् ।

आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले ८० सिटको हाराहारीमा सहमति जनाउने खुलासा गरेका थिए । दाहालको यस्तो खुलासासँगै नेता पौडेलले कांग्रेस ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका हुन् ।

कार्यदलका सदस्यहरुसहित गठबन्धनका शीर्ष नेताहरुको निर्णायक बैठक भोलि विहान बस्ने जनाईएको छ । सोही बैठकले भागबण्डा टुँगो लगाउने बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१