आवश्यकता पर्दा उपत्यकाको नेवाः समुदाय एकैठाउँमा उभिने छ ,समयको माग भयो भने त्यसको नेतृत्व गर्न म तयार छु — अनिश वैद्य

evccfn@gmail.com' rastriyakhabar
२१ भाद्र २०७९, मंगलवार २२:१८

काठमाडौं । हेर्दा यत्रतत्र छरिएको देखिएपनि काठमाडौं उपत्यकाको सवालमा केहि आईपर्दा यहाँको नेवाः समुदाय एकजुट हुनेकुरामा आफु विस्वस्त रहेको समाजसेवी तथा कानुन ब्यबसायी अनिश वैद्यले बताउनु भएको छ ।
अन्तरवार्ता दिनेक्रममा वैद्यले यो कुरा बताउनु भएको हो ।
बिगत देखिनै ब्यबस्था परिवर्तनको आन्दोलनहरुमा सकृय भुमिका खेल्दै आएको यहाँको नेवाःसमुदाय बहुदलिय ब्यबस्था आए संगै केहि समय हराएको स्विकार गर्दै उहाँले गुठी बिधेयकले पुनःब्युझाईदिएको बताउनु भएको छ ।
गुठी बिधेयकको बिरुद्धमा एक भएका नेवाः समुदायलाई फुटाएर सासन गर्नको लागि यहि समुदाय भित्रको पात्र खडा गरि द्वन्द गराएर आफ्नो स्वार्थ पुरागर्न मुख्य राजनैतिक दलका शिर्ष नेताहरु सफल भएको उहाँको दावी छ ।
सोझा नेवारहरुले यसलाई बुझ्न नसक्नु स्वभाविक भएको उहाँको ठम्याई छ ।
काठमाडौंं का मेयर बालेन शाहको बारेमा बोल्दै उहाँले वास्तविक यहाँका रैथानेहरुको लागि बालेन शाहले केहिपनि गर्न नसक्ने ठोकुवा गर्नु भयो ।
यदि बालेनले सक्ने भए बालेन आफैंले भनेको सेतो टावर र टुडीखेल भित्रको सैनिक मञ्च भत्काएर देखाउन वैद्यले बालेनलाई ठाडो चुनौति दिएका छन् ।
गुठी आन्दोलनले एक बनाएको नेवार समुदायलाई दलिय चुनावले तितरबितर पारेको स्विकार गर्दै उहाँले आवश्यकता पर्दा उपत्यकाको नेवाः समुदाय एकैठाउँमा उभिने छ ,समयको माग भयो भने त्यसको नेतृत्व गर्न आफु तयार तयार रहेको बताउनु भयो ।
( भिडियो सहित )

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१